सरकार गठनको मुखैमा झन् सक्रिय अमेरिकी राजदूत, भेटे राप्रपाका अध्यक्ष

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि अमेरिकाका राजदूत डीन आर. थम्पसनबीच भेटवार्ता भएको छ । बुधबार राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा लिङ्देन र थम्पसनबीच शिष्टाचार भेटघाट भएको हो ।

भेटमा राजदूत थम्पसनले अध्यक्ष लिङ्देनलाई प्रतिनिधिसभाको सदस्य पदमा विजयी भएकोमा र हालैको निर्वाचनमा राप्रपालाई प्राप्त उपलब्धिमा बधाई दिएका छन् ।

अमेरिकी राजदूत थम्पसनले नयाँ सरकार गठनबारे पनि चासो राखेका थिए। राप्रपा १४ सिट सहित संसदमा पाँचौँ ठूलो छ। उसले सरकारमा जाने वा नजानेबारे औपचारिक निर्णय लिइसकेको छैन।

सयअघि थम्पसनले हिजो (मंगलबार) प्रधानमन्त्री देउवासँग भेटेर सरकार गठनबारे चासो राखेका थिए। उनले १५ दिनको अन्तरालमा प्रधानमन्त्री देउवासँग दोश्रोपटक भेटिसकेका छन् ।

कमेन्ट गर्नुहोस्