काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद) लाई शपथ खुवाउनुअघि आज सर्वदलीय बैठक बस्दै छ।
आज मध्याह्न १२ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १२ दलको बैठक बस्ने संसद् सचिवालयले जनाएको छ।
सांसदहरूलाई शपथ खुवाउनुअघि बस्ने गरी संसद्का ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सर्वदलीय बैठक बोलाएका हुन्।
यसपछि दिउँसो १ बजे उनले नवनिर्वाचित प्रतिनिधिसभाका सांसदहरूलाई शपथ खुवाउने छन्।