काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुन र चाँदीको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुनको भाउ १ लाख १ हजार ५ सय रुपैयाँ पुगेको छ।त्यस्तै तेजावी सुनको भाउ प्रतितोला एक लाख एक हजार रुपैयाँ पुगेको छ।
बिहीबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ।चाँदी प्रतितोला १४०५ रुपैयाँमा कारोबार भइरहेको छ।