आज डिसेम्बर २२ : यस वर्षको सबैभन्दा छोटो दिन र लामो रात

काठमाडौं । आज यस वर्षको सबैभन्दा छोटो दिन र लामो रात परेको छ। पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन आज परेको हो। दक्षिणी खण्डमा भने आज वर्षको लामो दिन र छोटो रात पर्छ।

सबैभन्दा छोटो दिनलाई विन्टर सोल्स्टाइस भनिन्छ।

हरेक वर्ष जाडोमा हुने सोल्स्टाइसको समयमा उत्तरी खण्ड सूर्यबाट २३.५ डिग्रीले टाढा हुन्छ। जसकारण सूर्यको किरण अन्य समयभन्दा थोरै आउँछ र रात लामो हुन्छ।

अन्य ग्रहजस्तै पृथ्वी पनि २३.५ डिग्रीमा झुकेको छ। झुकेको अक्षमा पृथ्‍वीको परिक्रमाका कारण सूर्यका किरणहरु एक ठाउँमा बढी र अर्को ठाउँमा कम पर्छन्।

भारतीय ज्योतिषमा यसलाई मकर सायन भनिन्छ।

जाडो सोल्स्टाइसको समयमा दक्षिणी गौलार्द्धमा अधिक सूर्यको प्रकाश हुन्छ र उत्तरी गोलार्द्धमा कम प्रकाश हुन्छ। यसकारण यसदिन सूर्य दक्षिणी गोलार्द्धमा लामो समयसम्म रहन्छ जसका कारण आज दिन लामो हुन्छ।

अर्जेन्टिना,अष्ट्रेलिया र दक्षिण अफ्रिका जस्‍ता देशमा आजबाट गर्मी सुरु हुन्छ। हरेक वर्ष यो सोल्स्टाइस डिसेम्बरको २१ वा २२ मा पर्ने खगोल वैज्ञानिक बताउँछन्।

कमेन्ट गर्नुहोस्