काठमाडौं । मंसिर ४ को निर्वाचनबाट विजयी भएका प्रतिनिधिसभाका सांसदहरुले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
उनीहरुलाई ज्येष्ठ सदस्य ७१ वर्षीय सांसद पशुपति शमेशर जबराले पद तथा गोपनीयताको शपथ गराए।
शपथका क्रममा नेपाली, संस्कृत, मैथिलीसहित विभिन्न १४ मातृभाषामा सांसदहरुले शपथ लिएका छन्।