सांसदहरुको सफथ लगतै माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा

काठमाडौं । नेकपा(माओवादी केन्द्र)को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण सकिए लगतै माओवादी केन्द्रको पदाधिकारी बैठक माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा सुरु भएको हो ।

दल बैठकको तयारी र गठबन्धनमा माओवादीले दाबी गर्ने पदलगायत विविध विषयमा छलफल हुने बताएको छ । पदाधिकारी बैठक सकिएलगतै सिंहदरबारमा संसदीय दलको बैठक बस्ने एक नेताले बताए ।उक्त बैठकले संसदीय दलको नेता चयन गर्नेछ ।

अन्य दलले संसदीय दलको नेता चयन गरिसकेको भएपनि माओवादी केन्द्रले सांसदहरुको सफथ ग्रहणपश्चात मात्रै दल नेता निर्वाचित गर्ने जनाएको थियो ।

कमेन्ट गर्नुहोस्