काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । भने राष्ट्रियसभाको दल नेतामा नारायणकाजी श्रेष्ठलाई चयन गरेको छ ।
बिहिबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले दुवै सदनको दल नेता, प्रमुख सचेतक तथा सचेतकहरु चयन गरेको हो ।
प्रतिनिधिसभाको प्रमुख सचेतकमा हितराज पाण्डे चयन भएका छन् ।
त्यसैगरी, राष्ट्रियसभाको प्रमुख सचेतकमा गोपि आछामी र सचेतकमा गंगा वेल्वासेलाई निरन्तरता दिएको छ ।
दल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सांसदहरुलाई अध्यनशिल र जनताको पक्षमा क्रियाशिल हुन निर्देशन दिए । माओवादी सांसदहरुले विभिन्न क्षेत्रमा विज्ञता हासिल गर्न अध्ययनलाई जोड दिदै आफ्नो भुमिकालाई जनपक्षिय एंव प्रभावकारी बनाउनुपर्नेमा प्रचण्डको जोड थियो ।
अध्यक्ष प्रचण्डले पछिल्लो समय सरकार गठनका सन्र्दभमा भएका राजनितिक घटनाक्रमबारे सांसहरुलाई ब्रिफिङ गरेका गरेका थिए ।
साथै, बैठकले सासंदहरुको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण तथा कार्यशाला गोष्टी गर्ने निर्णय समेत गरेको राष्ट्रियसभाका सचेतक गंगा वेल्वासेले जानकारी दिइन् ।