काठमाडौं । प्रतिनिधिसभा सदस्यमा शुक्रबार दुई जना सांसदहरूले पद तथा गोपनियताको शपथ लिएका छन् । माओवादी केन्द्रका सांसद महिन्द्रराय यादव र राजकुमार राईले शपथ लिएका हुन् ।
उनीहरुलाई संघीय संसद् सचिवालयमा प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ गराएका हुन् ।
बिहीबार प्रतिनिधिसभामा निर्वाचित सांसदहरूलाई जबारले नयाँ बानेश्वरस्थित संसद् भवनमा सामूहिक शपथ गराएका थिए ।