प्रचण्डले देखाएको सत्ता हस्तान्तरणको राजनीतिक नैतिकता देउवाले देखाउलान्?

गंगालाल तामाङ

५ वर्ष अघि स्थानीय निर्वाचनको बेला चितवनमा विशाल जनसभाको आयोजना थियो। सबैकाे मनमा आज नेताहरुले के बोल्लान् भन्ने चासाे थियाे । देश एउटा कठीन अवस्थाबाट पहिलाे चरणकाे निर्वाचन सम्पन्न हुने अवस्थामा थियाे ।

यसैक्रममा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सम्बनेधापछि प्रधानमंत्रीको रुपमा प्रचण्डको सम्बोधन सुरु भयो । देउवालाई सम्बोधन गर्दै प्रचण्डले नेपाली कॉग्रेसका सभापति मात्र भनेनन् देउवालाई भावी प्रधानमंत्री भनेरै सम्बोधन गरेपछि देउवाले आफ्नो ठॉऊबाट ऊभिएरै हात हल्लाएर उज्यालो मुद्रामा उपस्थित भिडलाई खुशी साटेका थिए।

संविधानकाे रक्षा र कार्यान्वयनका लागि त्याे बेला कांग्रेस र माओवादीबीच निर्वाचन सम्पन्न गर्ने मुख्य कार्यभारसहित आलाेपालाे सरकारकाे नेतृत्व गर्ने सहमति भएकाे थियाे । साेही अनुरुप अध्यक्ष प्रचण्डले ९ महिना नपुग्दै अबकाे प्रधानमन्त्री देउवा भन्नू भएकाे थियाे ।
अरेकाेतर्फ देउवा खुशी हुनुका कारणहरु पक्कै थिए। प्रचण्डको पछिल्लो कार्यकाल राम्रो थियो, पहिलो कटुवाल प्रकरणका कारण कार्यकाल छाेटाे समयकाे थियाे । तर दोश्रो कार्यकाल भने छाेटाे समयमा पनि प्रशंसनीय मानिन्छ। भनिन्छ, प्रचण्डको दोश्रो कार्यकालमा एकजना व्यक्तिले पनि माईतिघर मण्डलामा कालो झण्डा देखाउन पाएन कोहिले माग राख्ने बितिकै प्रचण्डले बालुवाटार वा सिंहदरवार बोलाईहाल्थे वार्ता गरिहाल्थे विश्वास दिलाईहाल्थे।

दोश्रो कार्यकाल राम्रोसंग चलाईरहेका प्रचण्डलाई केपि ओली भेट्न लाजिम्पाट पुगे र भने राम्रो संग सरकार चलाउनुभएको छ देउवालाई नदिनुस् बरु हामी समर्थन दिन्छौं। त्यति मात्र होईन नागरीक समाजका अगुवाहरुले त सामाजिक संजालमै लेखेको अहिले पनि देख्न सकिन्छ।
जनतामा एक किसिमको आशा जागेको थियो।
अन्ततः प्रचण्ड ले समय आउनु केहि दिन अघि नै सत्ता देउवालाई सुम्पिदै एउटा संदेश दिए “राजनीतिक नैतिकता” भन्ने हुनुपर्छ।
नेकपा विभाजित संगै हिजोको शान्ति प्रकृयाका सहयात्री त हो भनेर सहयत्रा गर्न पुगेका प्रचण्डलाई गठबन्धनबाट नाफा भयो कि घाटा गत निर्वाचनले नै पुष्टि गरिसकेको छ।
राजनीतिक वृत्तमा आज चर्चा चलिरहेको एउटा जबरजस्त विषय छ,
के हिंजो राजनीतिक नैतिकता र संस्कार देखाएका प्रचण्डलाई देउवाले चै के गर्लान? यो प्रश्न स्वंय देउवालाई नै!!

कमेन्ट गर्नुहोस्