काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टीका नेताद्वय नारायणकाजी श्रेष्ठ र देव गुरुङलाई लिएर केपी शर्मा ओली निवास बालकोट पुगेका छन् ।गठबन्धनमा पूर्ववत सहमति विपरित नेपाली कांग्रेसले पावर शेयरिङ गर्न नमानेपछि प्रचण्डले नयाँ शिराबाट छलफल शुरु गरेका हुन् ।
बालकोटमा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र एमाले अध्यक्ष ओलीबीच छलफल चलिरहेको छ ।
प्रचण्डले गठबन्धनका दलहरुबीच प्रधानमन्त्री, राष्ट्रपति र सभामुखलगायतका पदमा सम्मानजनक बाँडफाँडकाे प्रस्ताव राखेपनि कांग्रेसले साे मानेन ।
त्यसपछि अध्यक्ष प्रचण्डले कांग्रेसकाे अडानले राजनीतिक दुर्घटना बढने भन्दै पाँच वर्ष संसद टिकाउन र राजनीतिक।स्थिरताका लागि एमालेसँग समेत छलफल गर्ने मनस्थिति बनाएकाे श्राेतले बतायाे ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आइतबार साँझ ५ बजेसम्मको समयसीमा दिएकी छन् । समयसीमा सकिन लाग्दा दलहरु निर्णायक छलफलमा जुटेका छन् ।
ओली निवासमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि छलफलका लागि पुगेका छन् ।