प्रचण्डलाई भेटेर बधाई दिँदै बाबुरामको प्रस्ताव – ‘देशलाई समृद्ध बनाउन सहकार्य गरौँ’

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पूर्व सहकर्मी डा. बाबुराम भट्टराईले बधाई दिँदै सहकार्यको प्रस्ताव अघि सारेका छन् ।

आज बिहान खुमलटार पुगेर डा भट्टराईले तेस्रो कार्यकाल सफलताको कामना व्यक्त गरे । पत्नी हिसिला यमीसहित खुमलटार पुगेका भट्टराईले अब जनक्रान्तिका उपलब्धि संस्थागत हुने विश्वास पनि व्यक्त गरे ।

प्रचण्डसँगको भेटपछि डा भट्टराईले लेखेका छन् –‘क.प्रचण्ड तेस्रो कार्यकालका निम्ति देशको प्रधानमन्त्री बन्नुभएकोमा हार्दिक बधाई तथा पूर्ण सफलताको शुभकामना !  क्रान्तिको बाटो बांगोटिंगो र अनिश्चयले भरिपूर्ण भएकाले जीवनको अन्तिम कालखण्डमा हामीले सम्पन्न गरेको जनक्रान्तिका उपलब्धिहरू संस्थागत गर्दै देशलाई समृद्ध बनाउन सहकार्य गरौँ! ’

कमेन्ट गर्नुहोस्