नारायणकाजी उपप्रधान तथा परराष्ट्र , पौडेल अर्थमन्त्री

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारको उपसहित परराष्ट्र माओवादीकै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ हुने भएका छन् ।

आज बसेको पदाधिकारी बैठकमा यस्तो निर्णय भएको भएपनि प्रवक्ता कृष्णबहादुर महराले श्रेष्ठ उपप्रधानमन्त्री बन्ने,अन्य मन्त्रालयको टुंगो लाग्न बाँकी रहेको बताएका थिए ।

एमालेबाट सरकारको नेतृत्व गर्ने उपाध्यक्ष विष्णु पौडेलले अर्थ मन्त्रालय सम्हाल्ने लगभग पक्का भएको छ ।

माओवादी अध्यक्ष प्रचण्डले नेता श्रेष्ठलाई परराष्ट्रसहित उपप्रधानमन्त्री बन्न आग्रह गरेका थिए ।

कमेन्ट गर्नुहोस्