काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउमा सामान्य वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ सोमबारको तुलनामा प्रतितोला २ सय रुपैयाँले बढेको हो।
यससँगै सुनको भाउ प्रतितोला एक लाख ७ सय रुपैयाँमा पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ प्रतितोला १ लाख २ सय रुपैयाँ पुगेको छ।
मंगलबार चाँदीको भाउ भने स्थिर देखिएको छ। चाँदी प्रतितोला १३९० रुपैयाँमा कारोबार भइरहेको छ।