प्रचण्ड प्रधानमन्त्री भएसँगै ३२ महिनापछि रसुवागढी नाकाबाट चीनतर्फ वस्तु निर्यात

काठमाडौं । कोभिड नियन्त्रण गर्न भन्दै नेपाली वस्तु निर्यातमा रोक लगाएको रसुवागढी भन्सारबाट प्रचण्ड प्रधानमन्त्री भएपछि पुनः सामान निर्यात हुन थालेको छ । भन्सार कार्यालय रसुवागीका अनुसार करिब ३२ महिनापछि चीनतर्फ वस्तु निर्यात हुन थालेको हो ।

आज मात्र ६ ट्रक सामान चिनतर्फ पठाइएको भन्सार कार्यालयका प्रमुख नारायणप्रसाद भण्डारीले बताए ।

‘भन्सार जाँचपास भएको त तीनरचार दिन अगाडि नै हो । तर उताबाट खुलेको थिएन । आज खुल्यो,’ उनले भने,‘नेपाली ६ ट्रक सामान चाइना बोडरमा पुगेको छ । अब दुई ट्रक जाँचपास भएको छ । त्यो पनि भोलि जान्छ होला ।’

आज बस्ने मुडा तथा हस्तकला सम्बन्धी सजावटका सामान चिन निर्यात भएको भण्डारीले बताए ।

 

कमेन्ट गर्नुहोस्