प्रदेश १ माओवादीको दल नेता बनेपछि आङ्बोले भने–मुख्यमन्त्रीमा हाम्रो सशक्त दाबी छ

काठमाडौं । प्रदेश १ मा नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो चयन भएका छन्।

उनी सर्वसम्मत रूपमा दलको नेतामा चयन भएका हुन्। दलको नेतामा दाबी गरिरहेका दुर्गा चापगाइँले उनलाई दोहोर्‍याउन सहमति दिएका हुन्।

दलको नेतामा चयन भएसँगै आङ्बोले प्रदेश १ को मुख्यमन्त्रीमा माओवादीले दाबी गर्ने बताएका छन्।

‘प्रदेश १ मा एमाले र एकीकृत समाजवादीले सरकारको नेतृत्व गरिसकेका छन्। यो पटक माओवादी केन्द्रले सशक्त दाबी गर्छ,’ उनले भने।

आङ्बो पाँचथर (ख) बाट प्रदेशसभामा निर्वाचित भएका हुन्।

कमेन्ट गर्नुहोस्