काठमाडौं । नवनियुक्त प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार सरेका छन् ।
निर्वतमान प्रधानमन्त्री शेर बहादुर देउवाले निवास खाली गरेपछि आज साँझ प्रचण्ड बालुवाटार सरेका हुन ।
प्रधानमन्त्री भइसकेपछि नियमित सम्पर्क र सरकारी कामकाज गर्न सहज हुने भएर आज नै सरेको प्रचण्ड सचिवालयले जनाएको छ ।
यसअघि अध्यक्ष प्रचण्ड खुमलटारस्थित भाडाको घरमा बस्दै आएका थिए ।
निवर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाले आज मात्रै बालुवाटारको निवास खाली गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले बालुवाटार निवासमा कुनै पनि नयाँ सामान नकिन्न र किन्नैपर्ने अवस्थामा कुनै पनि भडकिलो सामान नकिन्न यसअघि नै निर्देशन दिइसकेका थिए ।