काठमाडौं । प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउन्ट लक्ड भएको छ । अकाउन्ट लक्ड हुनुको अर्थ प्रधानमन्त्रीका ट्वीट हेर्न र कमेन्ट गर्न पाइँदैन ।
कांग्रेस सभापति शेरबहादुर देउवा पछि प्रचण्ड प्रधानमन्त्री बनेलगत्तै प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउन्टमा प्रचण्डकै फोटो अपडेट गरिएको छ ।
माओवादी केन्द्र निकट आइटी विज्ञले यो खासै ठुलो समस्या नभएको बताए । उनले भने –‘यो खासै ठुलो समस्या होईन । टुइटरले त्यस्तो बेला अकाउन्ट लक गर्न सक्छ यदि सम्बन्धित् अकाउन्टमा कुनै पनि गतिविधि असामान्य लाग्यो भने । जस्तैः अचानक केही परिवर्तनहरू गरिए, अप्रत्याशित स्थानहरूबाट लग इन गरियो आदि। प्रधानमन्त्रीको लक हुनुको कारण अचानक प्रोफाईल र कभर फोटो परिवर्तन गर्नु पनि हुनसक्छ र ट्वीटरलाई रिक्वेस्ट पठाउने बित्तिकै अनलक हुन्छ ।’
उनले अचानक परिर्वतन गर्न खोज्दा समस्या आएको हुनसक्ने बताए ।