हेटौंडा । प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले आज सपथ खुवाएका हुन्।
७२ वर्षीय ढुंगानाले नेपालको संविधानको धारा १८२ (५) र प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा ७५ (१) बमोजिम बागमतीका प्रदेश प्रमुख यादव चन्द्र शर्माबाट बुधबार नै ज्येष्ठ सदस्यका रुपमा सपथ लिएका थिए।
बागमती प्रदेशसभामा प्रत्यक्ष ६६ र समानुपातिक ४४ गरी ११० जना सांसद छन्। जसमध्ये आज १०९ सांसदले आज शपथ ग्रहण गरेका हुन्। जसमध्ये १५ सांसदले मातृभाषामा सथप लिएका छन्।
प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीको २ जना सांसद छन्।