गण्डकीका प्रदेशसभा सदस्यको शपथ

कास्की । नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभा सदस्यहरूलाई ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ गराएका हुन्।

यसअघि गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबार बस्याललाई शपथ गराएका थिए। शपथग्रहण समारोहमा सदस्यहरू निर्वाचन आयोगबाट निर्वाचित भएको प्रमाणपत्रसहित राष्ट्रिय एवं जातीय पहिचान झल्किने पोशाकमा उपस्थित थिए ।

याे पनि पढ्नुस  उपनिर्वाचन २०७६ः प्रदेशतर्फ कहाँ कसको अग्रता?

साठी सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा ९एमाले०का २२, नेकपा (माओवादी केन्द्र)का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र नेकपा (एकीकृत समाजवादी)का एक सदस्य छन् ।

प्रदेश प्रमुख गुरुङले यही पुस १८ गते गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन।

कमेन्ट गर्नुहोस्