काठमाडौं । अमेरिकी राजदूत डिन थम्प्सनले बिहीबार साँझ बालुवाटार पुगेर नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएका छन् ।
उक्त अवसरमा दुई पक्षबीच दुई मुलुकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको ट्विटरमा उल्लेख गरिएको छ ।
अमेरिकी राजदूतावासले भने प्रधानमन्त्री प्रचण्डलाई यसअघि नै बधाई दिइसकेको छ ।