काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक परेको छ। उनकी आमा हीराबाको एक सय वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो।
स्वास्थ्यमा समस्या देखिएसँगै उनलाई यूएन मेहता इन्स्टिच्युट अफ कार्डियोलोजी एण्ड रिसर्च सेन्टरमा भर्ना गरिएको थियो। नरेन्द्र मोदी आफैंले सामाजिक सञ्जालमा आमाको निधन भएको जानकारी दिएका छन्।
शानदार शताब्दी का ईश्वर चरणों में विराम… मां में मैंने हमेशा उस त्रिमूर्ति की अनुभूति की है, जिसमें एक तपस्वी की यात्रा, निष्काम कर्मयोगी का प्रतीक और मूल्यों के प्रति प्रतिबद्ध जीवन समाहित रहा है। pic.twitter.com/yE5xwRogJi
— Narendra Modi (@narendramodi) December 30, 2022
उनले आमामा तपस्वीको यात्रा, कर्मयोगीको प्रतीक र आफ्नो मान्यतामा प्रतिबद्ध जीवनको रुपमा त्रिमूर्तिको अनुभूति गरेको उल्लेख गरेका छन्।