काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगेको सचिवालयले जानकारी दिएको छ। यसअघि बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकबाट ओली न्युनतम साझा कार्यक्रम निर्माण गर्न उच्चस्तरिय संयन्त्रको संयोजक बनेका थिए ।
अहिले पनि उनीहरुबीच भेटवार्ता जारी छ। एमालेसहितको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले नयाँ सरकार गठनबारे छलफल तिव्र बनाएका छन्।
बिहीबार पनि बालुवाटारमा सत्ता साझेदार दलहरुबीच छलफल चलेको थियो। छलफलपछि ओलीको संयोजगत्वमा उच्चस्तरिय संयन्त्र बनाइएको छ।
मन्त्रालय भागवण्डा र समसामयिक राजनीतिका बारेमा उनीहरुबीच छलफल जारी भएको हो।