डरलाग्दो दुर्घटनामा परेका भारतीय क्रिकेटरको स्वास्थ्य अवस्था स्थिर

काठमाडौं । आज बिहान कार दुर्घटनामा परेका भारतका स्टार क्रिकेटर ऋषभ पन्तको टाउकोमा गम्भीर चोट लागेको छ । उनको निधार दुई ठाँउमा काटिएको छ भने दाहिने घुँडाको लिगामेन्ट च्यातिएको बताइएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पन्तको दाहिने नाडी, खुट्टासहित ढाडमा घर्षणको चोट लागेको जनाएको छ । हाल उनको देहरादुनस्थित म्याक्स अस्पतालमा उपचार भइराखेको छ । बीसीसीआई ऋषभको परिवार र उनको उपचारमा खटिएका डाक्टरहरुसंग निरन्तर सम्पर्कमा छ ।

उनका लागि सबैभन्दा राम्रो चिकित्सक सुविधाको व्यवस्था गरिने बीसीसीआईको भनाइ छ । द इन्डियन एक्सप्रेसका अनुसार अहिले उनको अवस्था स्थिर छ । म्याक्स अस्पतालका सुपरिटेन्डेण्ट डा.आशिष याज्ञिकले ऋषभको शरीरको विभिन्न अंगमा चोटपटक लागेको बताए ।

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिले उनको स्वास्थ्य लाभको कामना गर्दै छिटो सन्चो होस् भनेर आफुले प्राथना गरेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्