श्रीलंकाली राष्ट्रपतिको फोन गरेर दिए प्रधानमन्त्री प्रचण्डलाई बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई श्रीलंकाका राष्ट्रपति रणील विक्रमासिंघेले टेलिफोन गरेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार विक्रमासिंघेले प्रधानमन्त्री प्रचण्डलाई बधाई तथा शुभकामना दिएका थिए।

सो अवसरमा नेपाल—श्रीलंका मित्रवत् सम्बन्ध सुदृढ गर्ने विषयमा कुराकानी भएको थियो।

प्रधानमन्त्री प्रचण्डलाई छिमेकी तथा विभिन्न देशबाट बधाई आइरहेको छ।

कमेन्ट गर्नुहोस्