चीनको विदेशमन्त्रीमा चिन काङ नियुक्त

काठमाडौं । चीनको नयाँ विदेशमन्त्रीमा चिन काङ नियुक्त भएका छन्। राष्ट्रपति सी चिनफिङले हाल अमेरिकाका लागि चिनियाँ राजदूत रहेका चिन काङलाई विदेशमन्त्री बनाएका हुन्।

छिन १७ महिनायता अमेरिकाका लागि चिनियाँ राजदूतको भूमिकामा छन्। उनी चीनका वरिष्ठ कूटनीतिज्ञ हुन्।उनले विदेश मन्त्रालयमा प्रवक्ताको पनि जिम्मेवारी सम्हालिसकेका छन्।

प्रवक्ता बन्नुअघि उनी बेलायतस्थित चिनियाँ राजदूत थिए। उनी सन् २०१४ देखि २०१८ सम्म चिनियाँ विदेश मन्त्रालयको चिफ अफ प्रोटोकल थिए।

चिनले वाङ यीलाई विस्थापन गरेका छन्। वाङ दस वर्षयता चिनियाँ विदेशमन्त्री थिए।वाङ हालै चिनियाँ कम्युनिस्ट पार्टीको पोलिट्ब्युरो सदस्यमा बढुवा भएका छन्।

वाङलाई विदेश नीतिसम्बन्धी अझ माथिल्लो जिम्मेवारीमा लग्ने तयारी रहेको बताइएको छ।

कमेन्ट गर्नुहोस्