भरतपुर महानगर सबैको साझा चौतारी हो : मेयर रेनु दाहाल

भरतपुर । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरपालिका सबै भरतपुरबासीको साझा चौतारी भएको बताएकी छन्।

तमु समुदायको नयाँ वर्ष ल्होसारको अवसरमा तुम ह्युल छोजधी राष्ट्रिय परिषद चितवनले भरतपुरको तीन खोले गुम्बामा आयोजना गरेको कार्यक्रममा मेयर दाहालले महानगरपालिकाले सबै समुदायलाई समान दृष्टिकोण र व्यवहार गर्दै आएको उल्लेख गरिन् ।

मेयर दाहालले विगतको कार्यकालमा पनि सबै धर्म, लिङ्ग, क्षेत्रलाई समान व्यवहार प्रस्तुत भएको स्मरण गर्दै उनले अहिले पनि त्यसलाई निरन्तरता दिएको जिकिर गरिन् ।

‘विगतमा धेरै जसो वडामा गुम्बाहरु निर्माण भएका छन्, उनले भनिन्,‘त्यही संख्यामा मन्दिर र मस्जिद पनि निर्माण भएको छ । कसैलाई काखा र पाखा भएको छैन ।’

कमेन्ट गर्नुहोस्