पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालनमा, प्रधानमन्त्री प्रचण्डद्वारा उद्घाटन

पोखरा । पोखरा अन्तराष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन्।

आइतबार पर्यटकीय नगरी पोखरामा आयोजित विशेष समारोहमा प्रधानमन्त्री प्रचण्डले पानसमा दिप बालेर विमानस्थलको औपचारिक उद्घाटन गरेका हुन्। यसअघि त्यस क्षेत्रमा हेलिकप्टरमार्फत् पुष्पवृष्टि गरिएको थियो।

समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललगायतका विशिष्ट व्यक्तिसहित पोखराबासीको उत्साहजनक उपस्थिति रहेको छ।

कमेन्ट गर्नुहोस्