काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनसम्बन्धी खुला राष्ट्रव्यापी कविता लेखन प्रतियोगिता आयोजना गरेको छ । आयोगको ३२औँ स्थापना दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताका लागि प्राप्त हुने कवितामध्ये पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने प्रतियोगीलाई आउँदो माग २८ गते नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिने आयोगले जनाएको छ ।
यस्तै, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनसम्न्धी उत्कृष्ट नारालाई पुरस्कृत गरिनेछ । सोसम्बन्धी मौलिक र सन्देशमूलक नारा सिर्जना गरी माघ ६ गतेभित्र उपलब्ध गराउन आयोगको आग्रह छ ।
सोही अवसरमा निबन्ध लेखन प्रतियोगिता पनि आयोजना गरिएको छ । आयोग मातहतका सात कार्यालयमार्फत कक्षा–९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीबीच निबन्ध लेखन प्रतियोगिता गरिने अख्तियारले जनाएको छ ।
सूचना पढ्नोस्–