यातयात व्यवस्था सुधार कार्ययोजना बनाएर नयाँ ढङ्गले सेवा दिन्छौं : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात कार्यालय, एकान्तकुना,सानो भर्र्याङ् लगायतका यातायात कार्यालयको अनुगमन गरेका छन् ।
सेवाग्राहीहरुको अत्याधिक चाप रहने यातायात कार्यालयमा पुगेर मंगलबार उनले जनतालाई सहज हुने तरिकाले छिटो छरितो रुपमा काम गर्न निर्देशन दिएका हुन् । लाइसन वितरण लगायत विभिन्न विषयमा विवाद उत्पपन भइरहेको समयमा उनले यातायात कार्यलय प्रमुखलाई सेवाग्राहीलाई जसरी हुन्छ सेवा सुविद्या छिटो दिन आग्रह गरेका हुन् ।

उप प्रधानमन्त्री नारायणकाजी श्रेष्ठले यातयात व्यवस्था सुधार कार्ययोजना बनाएर नयाँ ढङ्गले सेवा दिने, नयाँ सुधारको काम गर्ने बताए । उनले कर्मचारीको मान र प्रतिष्ठा उच्च बनाएर जनतालाई सहज सेवा दिने तिर ध्यान दिने बताए ।

‘अनुगमनको क्रममा मन्त्री श्रेष्ठले सेवाग्राही र सर्वसाधारण सङ्ग अन्तरक्रिया गर्नुभएको छ भने गुनासो पनि सुन्नुभएको छ । उहाले सेवा प्रभावकारी र सहज बनाउन कार्यालय प्रमुख र कर्मचारी लाई निर्देशन पनि दिनुभएको छ । सेवा दिने समय बढाउन, छिटो छरितो ढंगले काम गर्न र अनियमितता, बिचौलियाको प्रभाव र सेटिङको अन्त्य गर्न मन्त्री श्रेष्ठले निर्देशन दिनुभयो । कहिकतैबाट गलत भएको जानकारी आए तत्काल कार्वाही गर्ने उहाले बताउनुभयो’ उनकाे सचिवालयले भनेकाे छ ।

मन्त्री श्रेष्ठले एकान्तकुना पछि अहिले लाईसेन्स कार्यालय ठुलो भर्याङ र यातायात व्यवस्था कार्यालय (मोसा) गुर्जुधाराको अनुगमन/निरीक्षण गर्ने तय सचिवालयले बतायाे ।

कमेन्ट गर्नुहोस्