काठमाडौं। नेपाली कांग्रेसको प्रतिनिधिसभाको मुख्य सचेतकमा रमेश लेखक चयन भएका छन्। कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको संशोधित विधान धारा १३ को उपधारा १ बमोजिम लेखकलाई मुख्य सचेतकमा मनोनयन गरेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ।
कञ्चनपुर क्षेत्र नम्बर३ बाट लेखक निर्वाचित भएका थिए।