काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको नयाँ भवनमा रहेका बिभिन्न संरचनाको अवलोकन गरेका छन् ।
प्रधानमन्त्रीले उक्त भवनमा रहेका एक्सन रुम, स्टुडियो, भवनको पाँचौ तलामा निर्माणाधीन हल, मन्त्रालयका अन्य कार्यकक्ष लगायतका संरचनाको निक्षण तथा अवलोकन गरेका थिए ।
यसैगरी प्रधानमन्त्रीसले भवनको छतमा पुगेर सिंहदरबास्थित अन्य भवन तथा संरचनाहरुको समेत अवलोकन गरे ।
मुख्य सचिव शंकरदास बैरागीले प्रधानमन्त्रीलाई सिंहदरबारमा निर्माणाधीन संसद भवन, जीर्ण अवस्थामा रहेको पुरानो संसद भवन, मन्त्रालयका अन्य निर्माणाधीन संरचना तथा भावी परिरकल्पना गरिएका संरचनाका बारेमा बिस्तृत जानकारी दिएका थिए ।
सो क्रममा प्रधानमन्त्री प्रचण्डले आम जनतालाई सिंहदरबारमा सहज पहुँचको वातावरण बनाउनुपर्नेमा जोड दिए ।
तस्बिरहरु