सन्तोष क्षत्री , दोहा, कतार । चर्चित मंगोलियन हर्ट ब्याण्डका लोकप्रीय गायक राजु लामा कन्सर्टका लागी कतार आउने भएका छन् ।
नेपाल तामाङ घेदुङ कतार शाखाले सोनाम ल्होछारको अवसरमा जनवरीको अन्तिम शुक्रवार २७ तारिखमा आयोजना गर्न लागेको ल्होछार कन्सर्टको लागी लामा कतार आउन लागेका हुन ।
तामाङ धेदुङको केन्द्रिय कार्यालय निर्माणको सहायोगार्थ दोहाको ओसिस बिच क्लबमा कार्यक्रम गर्न लागिएको मङगलबार साझ दोहामा पत्रकार सम्मेलन गरेर आयोजकले जनाएको हो ।
कार्यक्रमका लागी गायक राजु लामासंगै इन्द्रेणी कार्यक्रमको चर्चित लोकदोहोरी तथा मेहेन्दोमाया गायिका मनमाया वाईवा साथै तामाङ सेलो गायिका रेश्मा बम्जन तामाङ आउने छन ।
१५०० जनाको क्षमता रहेको हलमा अन्तरिक सुरक्षाको समेत ब्याबस्था सहित हल बाहिर खानाको समेत ब्यबस्था गरिएको तामाङ घेदुङका अध्यक्ष इन्द्र बहादुर तामाङले बताए ।
सो कार्यक्रमको लागि १००, १७५ र ५०० कतारी रियल गरि तीन श्रेणीका टिकट शुल्क निर्धारण गरिएको छ । विशिष्ट श्रेणीको ५०० कतारी रियलको टिकट मा एउटै परिवारका चार जना सदस्यहरुले प्रवेश पाउने छन । त्यस्तै १७५ को टिकट मा पुरुष–पुरुष, महिला–महिला वा पुरुषमहिला २ जना जान सकिने र १०० रियलको टिकट साधारण तर्फको रहने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
कतारमा क्रीयाशिल पत्रकारको उल्लेख्य सहभागिता रहेको कार्यक्रको अध्यक्षता तामाङ घेदुङका अध्यक्ष इन्द्र बहादुर तामाङले र सन्चालन सचिव बिकास तामाङले गरेका थिए।