काठमाडौं । नेपालस्थित संयुक्त रास्ट्रसंघीय आवासीय संयोजकमा हना सिंगर हमादी नियुक्त भएकी छन्।
संयुक्त रास्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले हमादीलाई आवासीय संयोजक नियुक्त गरेका हुन्।
उनी इजिप्टकी नागरिक हुन्। हमादी यसअघि श्रीलंकास्थित रास्ट्रसंघीय आवासीय संयोजक थिइन्।
विगतमा उनले नेपालका लागि रास्ट्रसंघीय बाल कोष (युनिसेफ) की प्रमुख भएर पनि काम गरिसकेकी छन्।
१० वर्षपछि नेपालमा फर्केर काम गर्न पाउँदा आफू खुसी भएको उनले जनाएकी छन्।