विराटनगरको । प्रदेश १ मा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्की मुख्यमन्त्री बन्ने पक्का भएको छ । आज उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।
आइतबार कार्कीले एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाका ६० जना प्रदेश सभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।
कार्कीलाई एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० प्रदेश सांसदको समर्थन छ ।
कार्कीले सोमबार मुख्यमन्त्रीको शपथ लिने बताएका छन् ।