राहदानी सेवा अवरूद्ध भएको होइन नियमित सेवा संचालन भैरहेको छ : राहदानी विभाग

काठमाडौं । राहदानी सेवा अनिश्चित कालको लागि अवरूद्ध भएको नभई प्राविधिक समस्याका कारण सुस्तता मात्रै आएको राहदानी विभागले जनाएको छ । राहदानी सेवा अवरुद्ध नभएको त केही सुस्तता आएको उक्त समस्या पनि छिट्टै समाधान हुने आज राहदानी विभागका प्रवक्ता दुरपदा साप्कोटाले एक विज्ञप्ती मापर्लत जानकारी दिएकी हुन् ।

केही सञ्चार माध्यमहरूमा ‘राहदानी सेवा अनिश्चित कालको लागि अवरूद्ध’ भन्ने समाचार प्रकाशित भएकोले यो सूचना जारी गरिएको विभागले जनाएको छ । प्राविधिक कारणले सुस्तता आएको भएपनि सेवामा रोकावट नआएको विभागको भनाई छ । विज्ञप्ती मार्फत उक्त समस्या समाधान गर्न प्राविधिक टोली प्रयासरत रहेको विभागले जनाएको हो ।

सेवाग्राहीहरूलाई राहदानी तयार भएको एसएसम्यास र नेपाल इपास्पोट एप मार्फत राहदानी सङ्कलनका लागि तयार छ भन्ने जानकारी प्राप्त भए पश्चात् मात्र विभागमा राहदानी लिन आउन विभागले सेवाग्रहीलाई सुचित समेत गरेको छ ।

हेर्नुहोस् सुचना

कमेन्ट गर्नुहोस्