नेपाल समृद्ध बनाउन सबैको साझा प्रयास आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिलाई भावना र उत्तेजनाभन्दा पनि आर्थिक समृद्धिका निम्ति पहल लिनुपर्ने उनले बताएका छन्। उनले आर्थिक क्रान्तिका लागि साझा प्रयास गर्नुको विकल्प नरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले सबैको साझा र प्रयासले नै नेपाल समृद्ध बन्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले विविधताबीचको एकतारुपी संसद विरलै देख्न पाउने भन्दै नेपालको संसदप्रति वर्ग गर्नुपर्ने बताए । संघीय अधिवेशनको पहिलो बैठकमा आज सोमबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताए ।

बहुजातीय, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुकमा विविधता नै नेपालको पहिचान र शक्ति भएको उनले बताए । संसद बैठकमा सांसदहरुले लगाएको पहिरन र पोशाकले नेपालको पहिचान झल्काएको प्रधानमन्त्री प्रचण्डले चर्चा गरेका थिए ।

साझा उद्देश्य र कामका लागि सबै राजनीतिक दल, सांसदहरु एक ठाउँमा उभिएर सम्बोधनको प्रयास गर्नुपर्ने उनले बताए। प्रतिनिधिसभामा नयाँ दल र सांसदहरुको अहिले प्रवेश भएको चर्चा गर्नुहुँदै उनले त्यो लोकतन्त्र र नागरिक सम्प्रभुताको बेग भएको बताए । यो संसदका लागि नयाँ पुँजी भएको उनले बताए। उनले सबै सांसदहरुलाई संसद बैठकमा स्वागत समेत गरे ।

कमेन्ट गर्नुहोस्