बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले गरे शपथ ग्रहण

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शपथ ग्रहण गरेका छन्। जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार शपथ ग्रहण गराएका हुन्।

शर्माले जम्कट्टेललाई सोमबार संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए।

जम्कट्टेललाई पाँच दलका ७० प्रदेश सांसदको समर्थन छ। जसमा एमालेका ३७, माओवादी २१, राप्रपा १३, एकीकृत समाजवादी ७ र हाम्रो नेपाली पार्टीका २ जना छन्। १ सय १० सिट रहेको बागमतीमा प्रदेश सरकार बनाउन ५६ सिट आवश्यक हुन्छ।

जम्कट्टेल यसअघि आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारीमा थिए ।

कमेन्ट गर्नुहोस्