प्रचण्ड अर्थात् इतिहासमा नयाँ मानक

  • दीपक भण्डारी

करिब एक महिना अघि, प्रतिनिधि सभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रले ३२ सीटमा खुम्चिनुपरेको तीतो यथार्थ पचाउन कमै तयार थिए । माओवादी इतरका लागि त्यो खुच्चिङ भन्दै आलोचना गर्ने सुअवसर थियो भने माओवादी भित्र भने त्यो परिणामले चरम निराशाको उत्तेजना सञ्चार गराएको थियो ।

र, आज पौष २६ गते, नेपालकै राजनीतिमा एउटा अभूतवपूर्व, असाधारण र ऐतिहासिक राजनीतिक परिघटना देखा परेको छ । २७५ सदस्य संख्या भएको प्रतिनिधि सभामा ३२ सीटको नेतृत्व गर्दै संसदीय दलको नेता बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदमा दशमलव कम सत प्रतिशत समर्थन हासिल गरेका छन् । ९२.२५ प्रतिशत जनप्रतिनिधिहरुको विश्वासको मत पाउन प्रचण्ड सफल बनेका छन् ।

जनताबाट चुनिएर, जनताको मतका आधारमा सांसद बनेका सबैजसो (२ जनाबाहेक)सांसदहरुको मत प्रचण्डले पाएका छन् । भन्नुको अर्थ देशका सबै बालिग मतदाताहरु (जनता)को मत प्रचण्डले पाएका छन् । उनी सर्वमान्य बन्न सफल बनेका छन् ।

निर्वाचनमा भोगेको तीतो प्रत्यक्ष पराजय अहिले मीठो अप्रत्यक्ष जीतमा रुपान्तरण भएको छ । र, यो प्रचण्डका कारण मात्रै सम्भव भएकोमा कसैको दुईमत हुनसक्दैन ।

नेपाली राजनीतिका पछिल्ला तीन दशकको केन्द्रबिन्दुमा छन् प्रचण्ड । सक्रिय राजतन्त्रको अन्त्य भएर संवैधानिक राजतन्त्रको उदय भएदेखि प्रचण्ड नाम गरेको पात्रले नेपाली राजनीतिमा निर्णायक भूमिका निर्वाह गरेको छ । माओवादी जनयुद्धको सुरुआत, त्यसले समाजका पीँधसम्म ल्याएको उछाल, शान्ति प्रक्रियाको सफल सुरुआत र सीमान्त, बहिस्करणमा परेका, विभेद र अन्यायमा परेका जनताका आवाजहरु संविधानसभामार्फत संविधानमा लेखनी र त्यसपछि कार्यान्वयनको चरणसम्म प्रचण्ड प्रचण्ड बनेरै हुँकार भरिरहेका छन् ।

प्रचण्ड यस्तो पात्र हुन जसले नेपाली राजनीतिमा सहमतिको इतिहासलाई सुरुआत मात्रै हैन विकास समेत गरेका छन् । प्रचण्ड यस्तो नेतृत्व हुन जसले समाजको यथास्थितिलाई कहिल्यै पनि स्वीकार गरेनन् र उनले जहिले पनि गतिमैं लय समात्न खोजे । यो लय कहिलेकाहिँ उल्टो भयो, कहिले माथि भयो, कहिले तल भयो । तर माओवादी जनयुद्दको सुरुआतदेखि अहिलेसम्म आइपुग्दा प्रचण्डका कैयन उतारचढावका वावजूद पनि उनको लय अग्रगमनतर्फ नै छ ।

प्रचण्ड यस्तो पात्र हुन जसले नेपाली राजनीतिमा सहमतिको इतिहासलाई सुरुआत मात्रै हैन विकास समेत गरेका छन् । प्रचण्ड यस्तो नेतृत्व हुन जसले समाजको यथास्थितिलाई कहिल्यै पनि स्वीकार गरेनन् र उनले जहिले पनि गतिमैं लय समात्न खोजे । यो लय कहिलेकाहिँ उल्टो भयो, कहिले माथि भयो, कहिले तल भयो । तर माओवादी जनयुद्दको सुरुआतदेखि अहिलेसम्म आइपुग्दा प्रचण्डका कैयन उतारचढावका वावजूद पनि उनको लय अग्रगमनतर्फ नै छ ।

याे पनि पढ्नुस  प्रधानमन्त्री प्रचण्डका तीस दिन

पार्टी कार्यक्रमहरुमा प्रचण्डले माक्र्सको एउटा कविता बारम्बार उल्लेख गर्ने गरेका छन् । माक्र्सले युवावयमा लेखेको उक्त कविता एकजना युवा मनको बारेमा छ । कविताको सार छः मलाई घिसापिटा जीवन मन पर्दैन, मलाई त उदात्त वेगका साथ आकासमा कावा खाइरहेको स्वतन्त्र जीवन मन पर्छ, मलाई गति र आवेगको जीवन मन पर्छ ।

साँच्चि यो कविता झैं आज पौष २६ समेत प्रचण्डले एउटा नयाँ गति सिर्जना गरेका छन् । एउटा छलाङ र उनले प्रयोग गर्ने क्रमभंगता गरेका छन् ।

प्रतिनिधि सभाको निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत हासिल नगरेको अवस्थामा निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनमा सहभागी दलहरुको सरकार बन्ने करिब करिब निश्चित नै थियो ।

याे पनि पढ्नुस  सेवाग्राहीलाई लाइनमा राखेर सास्ती दिने पदाधिकारीलाई कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी

प्रतिगमनविरुद्ध लोकतान्त्रिक शक्तिहरुको साझेदारीकारुपमा यो गठबन्धनले राजनीतिक मान्यता समेत पाएको थियो । तर नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको हठ र राजनीतिक अबुझपनाले गर्दा अन्तिम समयमा राजनीतिक घटनाक्रम नाटकीय ढंगले अघि बढ्यो । त्यतिखेर कसैले पनि हिजो ‘दुश्मनी’ कै तहमा पुगेका प्रचण्ड र ओली एक ठाउँ आउँलान् भन्ने सोचेको थिएन । तर उनले त्यो बेला बिग्रिन थालेका, भत्किन थालेका र अराजकताको दलदलमा झण्डै भासिन थालेको राजनीतिलाई एउटा मियो र गतिमा ल्याउनैपर्ने देखेर नेकपा एमालेसँग मिलेर सरकार बनाउन सफल बने । यो त्यति सहज, पाच्य अवस्था थिएन ।

त्यसो त प्रचण्डका लागि एमालेसँग केही अन्य साना दलको समर्थनमा सहजै बहुमत प्राप्त गरेर सरकार सञ्चालन गर्ने अवसर थियो । तर यसको अर्थ हिजो लोकतन्त्रकै पक्षमा सँगै लडेको नेपाली कांग्रेसको निरन्तर असहयोगको सम्भावना निम्त्याउन पनि हुन्थ्यो । अर्कोतर्फ शान्ति प्रक्रियाका बाँकी कार्यभार पुरा गर्न, राष्ट्रिय आयोजना लगायत राष्ट्रियता र जनजीविकाका कैयन प्रश्नहरुमा अति आवश्यक राष्ट्रिय सहमति जुटाउन उनलाई निकै असहज पर्ने सम्भावना हुन्थ्यो । यसको अर्थ, उनी प्रधानमन्त्री त हुने तर नेपाली समाजमा गति पैदा गर्ने र त्यो गतिलाई निर्णायक रुप दिन अत्यन्तै अप्ठ्यारो अवस्थामा पर्ने स्थिति सिर्जना हुन्थ्यो । यसको अर्थ उनी प्रधानमन्त्री त हुने र फेरी असफलताको पगरी गुँथ्न बाध्य हुने अवस्था सिर्जना हुन्थ्यो ।

तर उनको चमत्कारिक क्षमता नै भनौं, उनले आज नेपालको इतिहासमा पहिलोपटक सबै राजनीतिक दलको समर्थन प्राप्त गर्न सफल बनेका छन् । उनले सिँगो सदनको विश्वास जितेका छन् । सिँगो सदन उनीसँग छ । उनका एजेण्डासँग छ, उनले अघि सारेका मान्यतासँग छ ।

याे पनि पढ्नुस  विमानस्थल उदघाटनमा खुसीले झुम्मिए पोखरावासी, प्रधानमन्त्रीले भने– समृद्धिको सपनामा महत्वपूर्ण योगदान

यो विश्वासको मतको अर्को झनै निर्णायक र महत्वपूर्ण पक्ष पनि छ । प्रचण्डले विश्वासको मत न्यूनतम प्राथमिकता र कार्यक्रम सार्वजनिक गरिसकेपछि प्राप्त गरेका छन् । यसको अर्थ के हो भने आजको समर्थन उनले सार्वजनिक गरेका नीतिगत प्राथमिकतालाई समेत समर्थन हो । यसको अर्थ अब उनले आफूले सोच अनुरुप मुलुकलाई सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढाउन सक्छन् ।

तर उनका अगाडि चुनौतीका चाङ भने असरल्ल छन् । थिति बिग्रिएको देशमा उनले राजनीतिक सहमति त कायम गरेका छन् तर छरपष्ट निराशाहरुलाई बटुल्दै आसाको मार्ग निर्माण गर्दै विकास र समृद्धितर्फ जाने चुनौती उनका सामु छन् । माथि भनेझैं आवेग र गतिको जीवन मन पराउने प्रचण्ड, यथास्थितिमा रम्न नसक्ने उनले यी चुनौती पनि सहजै पार गर्न सक्छन् भन्ने विश्वास व्यक्त गर्न सकिन्छ ।

प्रचण्डले आज सदनमा भनेझैं संसदमा उनले न्याय पाएका छन् । उनीमाथि लगाइने यावत आरोपहरुलाई संसदले खारेज गरेको छ । अबको आवश्यकता भनेको यो सम्मान, यो भरोसा र आसालाई निराशाको छोइछिँटोबाट मुक्त गर्नु रहेको छ । इतिहासले उनीमाथि आज न्याय गरेको छ, आशा छ अब उनले समेत इतिहासमाथि न्याय गर्दै आफूमाथि विश्वासको अब्बलता ऐतिहासिकरुपमा दर्ज गर्न सकून् । हार्दिक शुभकामना ।

कमेन्ट गर्नुहोस्