थप चारमा कोरोना संक्रमण, २५ जना आइसोलेसनमा

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर चारजना कोभिड १९ संक्रमित थपिएका छन् ।

दुई हजार २३ वटा नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । आज दुईजना संक्रमणमूक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको २५ रहेको र संक्रमित सबै होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्