काठमाडौं । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले स्ववियु निर्वाचनको पूर्व तयारी गर्न विश्वविद्यालयको आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुलाई सर्कुलर गरेको छ ।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको मिति २०७९–०९ –२२ को बैठकको निर्णय नं १७६५ अनुसार त्रिभुवन विश्वविद्यालयको आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा मिति २०७९–१२–०५ गतेको लागि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचको तयारी गर्न आग्रह गरिएको त्रिविले जनाएको छ ।