फेरिए युक्रेन युद्धका रुसी कमाण्डर

काठमाडौं । रूसले युक्रेनसँग युद्धका लागि सैनिक कमाण्डर परिवर्तन गरेको छ। रूसले जनरेल भेलरी जेरासिमोभलाई नयाँ कमाण्डर बनाएको न्युयोर्क टाइम्सले जनाएको छ।

रूसी रक्षा मन्त्रालयले तीन महिनामा दुई पटक युक्रेन युद्धका लागि कमाण्डर परिवर्तन गरिसकेको छ।

पूर्वी युक्रेनको सोलेदर क्षेत्रमा रूसी (सेनाले आक्रमण बढाएसँगै युद्ध कमाण्डर परिवर्तन गरिएको हो।

जेरासिमोभ पुटिनका विश्वास पात्र हुन्। गत फेब्रुअरीदेखि रूसले युक्रेनमा आक्रमण गरिरहेको छ।

कमेन्ट गर्नुहोस्