सहिद बेपत्ता सन्तति फाउन्डेसनको नाममा निकालिएको विज्ञप्ति फेक हो : अध्यक्ष नविन पोख्रेल

काठमाडौं । माओवादी केन्द्रबाट प्रदेश १ मा कमरेड जीवन आचार्य मन्त्री बनेकोप्रति आपती प्रकट गर्दै जारी गरेको विज्ञप्ति फेक भएको फाउन्डेसनका अध्यक्ष नविन पोख्रेलले जनाएका छन् ।

उनले सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन सहिद बेपत्ता योद्धाका सन्ततीको हितको निम्ति खोलिएको संस्थालाई राजनीतिक कुसित मनसायले फेक विज्ञप्ति मार्फत बदनाम गर्न खोजिएको उनले बताए । कसलाई मन्त्री बनाउने नबनाउने फाउन्डेसनको कार्यक्षेत्रभित्र नपर्ने उनले बताए । उनले फाउन्डेसनका महासचिव अटल आचार्यलाई उदृत गर्दै उक्त विज्ञप्ति मिडियामा आएपछि मात्रै थाहा पाएको बताए ।

याे पनि पढ्नुस  सहिद तथा बेपत्ता सन्तति फाउन्डेसनको लेटरहेड दुरुपयोगप्रति फाउन्डेसनको गम्भिर ध्यानाकर्षण

साथै, संस्थाका महासचिव अटल आचार्यलाई सम्पर्क गर्दा उनले आफ्नो सहि नभएर फेक सहि भएको बताए ।

आफु कालिकोटमा ईन्टरनेटको पहुँच नभएको ठॉऊमा रहेकाले सत्यतथ्य बुझेर उक्त फेक र भ्रामक कुराको खण्डन गर्दै अर्को विज्ञप्ति निकाल्न लागेको पनि जानकारी दिए । सो विज्ञप्तिबारे मिडिया मार्फत थाहा पाएको समेत बताए ।

कमेन्ट गर्नुहोस्