सहिद तथा बेपत्ता सन्तति फाउन्डेसनको लेटरहेड दुरुपयोगप्रति फाउन्डेसनको गम्भिर ध्यानाकर्षण

काठमाडौं । सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आफ्नो लेटरहेड दुरुपयोग भएको जनाएको छ । फाउन्डेसनका महासचिव र अध्यक्षले संयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै आफ्नो लेटरहेड प्रयोग गरी प्रदेश–१ सरकारको मन्त्रिमण्डल गठनको विषयलाई लिएर जारी गरिएको विज्ञप्तिप्रति फाउन्डेसनको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

याे पनि पढ्नुस  सहिद बेपत्ता सन्तति फाउन्डेसनको नाममा निकालिएको विज्ञप्ति फेक हो : अध्यक्ष नविन पोख्रेल

विज्ञप्तिमा भनिएको छ –‘फाउन्डेसनले सरकार गठन र मन्त्रिपरिषदको विषयमा कसैको समर्थन र विरोध गर्दैन, यो नेकपा (माओवादी केन्द्र)को आन्तरिक पार्टी जीवनको प्रश्न हो । हाम्रा लागि पार्टीका सबै नेता र माननीय सांसदहरू समान हुनुहुन्छ । प्रदेश–१ को सरकार गठनका सन्दर्भमा पार्टीको औपचारिक निणर्य नै आधिकारिक हो, जुन निणर्यबाट नै माओवादी केन्द्रका २ जना माननीयहरूले मन्त्री पदको सपथ लिनुभएको कुरा स्पष्ट नै छ ।’

याे पनि पढ्नुस  सहिद बेपत्ता सन्तति फाउन्डेसनको नाममा निकालिएको विज्ञप्ति फेक हो : अध्यक्ष नविन पोख्रेल

पार्टीले आधिकारिक रूपमा निणर्य गरेको विषयलाई सार्वजनिक आलोचनाको विषय बनाएकोप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको फाउन्डेसनले जनाएको छ ।

साथै, फाउन्डेसनको लेटरहेड र छापको दुरूपयोग गरी पार्टीका नेताहरूको समर्थन वा आलोचना नगर्न अनुरोध समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्