सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा शुरु

काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा शुरु भएको छ ।

भर्खरै बालुवाटारमा बैठक शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा लागि संयन्त्रको बैठक बोलाइएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,एमाले अध्यक्ष केपी ओली , राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछाने,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्‍देन र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतको उपस्थिती रहेको छ ।

 

कमेन्ट गर्नुहोस्