बिमान दुर्घटनामा निधन भएकाको सम्झनामा क्रान्तिकारीद्धारा शान्ति बाटिकामा दीप प्रज्वलन

काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल(क्रान्तिकारी) उपत्यका प्रदेश कमिटीले पोखरामा हिजो भएको यती एयरको बिमान दुर्घटनामा ज्यान गुमाउनेहरुको स्मृति र सम्मानमा दीप प्रज्वलन कार्यक्रम गरेको छ ।

दुर्घटनामा ज्यान गुमाएका ७२ जनाको सम्मानमा काठमाडौं स्थित शान्ति बाटिकामा दीप प्रज्वलन गरीएको संगठनका प्रदेश कमिटी अध्यक्ष सन्जिव रेग्मीले जानकारी दिए । दीप प्रज्वलन कार्यक्रममा अखिल(क्रान्तिकारी)का अध्यक्ष पंचा सिंह, महासचिव केन्द्रीय दिपेश पुन, उपाध्यक्ष तुकमान महरा लगायतका विद्यार्थी नेताहरु तथा उपत्यकाका क्याम्पसहरुको विद्यार्थी तथा विद्यार्थी नेताहरुको सहभागीता थियो ।

कार्यक्रम मार्फत दुर्घटना न्युनिकरण गर्दै नेपालको आकाश सुरक्षित बनाउनुुपन क्रान्तिकारीले सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

४ जना चालक दल र ६८ जना यात्रुसहित काठमाडौंबाट पोखरा उडेको यती एयरको विमान पुरानो पोखरा विमानस्थल नजिकैको सेती खोंचमा आइतबार बिहान दुर्घटनामा परेको थियो ।

कमेन्ट गर्नुहोस्