सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पुर्‍याउँछु : सञ्चारमन्त्री शर्मा

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पुर्‍याउनु आफ्नो प्राथमिकता भएको बताएकी छन् ।

मंगलबार शपथग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिमा जनताको सहज पहुँच पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

सार्वजनिक संघ, संस्थानहरुलाई पनि प्रविधिमैत्री बनाउनेतर्फ आफूले ध्यान दिने मन्त्री शर्माले बताएकी थिइन् । मन्त्री शर्माले हरेक नागरिककहाँ सूचना प्रविधि सहज र सुलभ ढंगले पुग्नुपर्नेमा जोड दिइन् ।

सार्वजनिक संस्थाहरुमा सहज ढंगले सञ्चार र प्रविधिको प्रयोग हुन नसक्दा समस्या परेको भन्दै ती सबैलाई प्रविधिमैत्री बनाउनुपर्ने उनको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्