‘रुईतेक्टोमी’का सुरुवातकर्ता डा. रूइतलाई बहराइनको प्रतिष्ठित इसा अवार्ड

काठमाडौँ । डा. सन्दुक रूइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड पाउने भएका छन् । मंगलबार बहराइनको राजधानी मनमामा आयोजित पुरस्कार घोषणा समारोहमा अवार्डको पाँचौँ संस्करणमा डा.रुइतलाई पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो ।

‘मानवताको लागि सेवाका लागि ईसा पुरस्कार’ सन् २००९ मा बहराइनका राजा हमाद बिन इसा अल खलिफाले स्थापित गरेका हुन्। यो पुरस्कार प्रत्येक दुई वर्षमा व्यक्ति वा संस्थाहरूलाई प्रदान गरिन्छ ।विजेतालाई निर्णायक मण्डलको विज्ञ प्यानलद्वारा कठिन प्रक्रियाबाट चयन गरिन्छ ।

आँखाका डाक्टर रुइतले विश्वविख्यात सरल र कम लागतको मोतिबिन्दुको चिकित्सापध्दति ‘रुईतेक्टोमी’का सुरुवात गरेका थिए। उनले आपनै हातले एक लाखभन्दा बढीको मोतियाबिन्दु शल्यक्रिया गरेका छन्। रुइतले सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार पनि प्राप्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्