काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन एकिकृत समाजवादीका अध्यक्ष माधब नेपाल र अर्धमन्त्री विष्णु पौडेल अस्पताल पुगेका छन् ।
आज बिहान ललितपुरस्थित सुमेरु अस्पताल पुगेर उनीहरुले वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे चासो राखेका हुन् ।
सो क्रममा चिकित्सकहरुले नेता पुनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको जानकारी दिएका थिए ।