अस्पतालबाट डिस्चार्ज भए वर्षमान पुन, चिकित्सककै निगरानीमा रहने

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आज अस्पतालबाट डिस्चार्ज भएका छन्।

स्वास्थ्य अवस्था कमजोर भएपछि आकस्मिक रुपमा रोल्पाबाट काठमाडौं ल्याएर उनलाई ललितपुरको सुमेरु अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचाररत पुन एक हप्ता अस्पताल बसाइपछि डिस्चार्ज भएका हुन्।

उनका निजी चिकित्सक डा. युवराज शर्माका अनुसार स्वास्थ्यमा केही सुधार आएसँगै आज डिस्चार्ज गरिएको हो। यद्यपि उनलाई चिकित्सककै निगरानी राखेर खानपिन लगायत सम्पूर्ण कुराको ख्याल गरिने उनले बताए।

जन्डिसले कलेजोमा कमजोर गराएको कारण त्यसलाई समाधान गर्ने गरी चिकित्सकहरुको टोलीले सल्लाह गरिरहेको पनि उनले बताए।

चिकित्सकले बिलरुबिन नियन्त्रित अवस्थामा राख्न पर्याप्त आरामको जरुरत रहेको बताएका थिए।

कमेन्ट गर्नुहोस्