कर्जा लिएर ब्याज तिर्नुको सट्टा आन्दोलन गर्नु अपराध हो : गभर्नर

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुबाट कर्जा लिएर कर्जा वा ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता भएको बताएका छन् ।

शनिबार कृषि विकास बैंकको ५६ औं वार्षिक साधरण सभामा बोल्दै गभर्नर अधिकारीले बैंकहरुबाट कर्जा लिने र कर्जा तिर्नुको सट्टा सडकमा उफ्रिएर नतिर्ने गरेको भन्दै संगठित रुपमा बैंकबाट लिएको कर्जा तिर्नुपदैन भन्नु अराजकताको माथिल्लो रुप भएको बताए। उनले बैंकबाट कर्जा लिएर बैंकको कर्जा वा ब्याज नतिर्ने भन्दै संगठनको नाममा समूह बनाएर सडकमा उफ्रिएर नतिर्ने भनि संगठित रुपमा दबाब दिन नमिल्ने बताए । गभर्नर अधिकारीले पछिल्लो समय बैंक तथा समग्र वित्तीय प्रणालीमा नै यस्ता नयाँ किसिमका चुनौतिहरु देखिएको बताए। उनले बैंकको कर्जा सार्वजनिक सम्पती, सर्वसाधरणको निक्षेप भएको बताए।

उनले वाणिज्य बैंकहरुको अधिकांश कर्जा सर्वसाधरणको निक्षेप भएको भन्दै कर्जा नतिर्दा समग्र वित्तीय क्षेत्रको विश्वसनियता तथा वित्तीय स्थायित्वमा समस्या आउने बताए। व्यवसायी वा उद्यमीले लिएको कर्जा निश्चित समयभित्र तिर्ने स्वीकार गरेर लिएकाले कर्जा नतिर्नु वित्तीय अपराध हुने दाबी गर्दै गभर्नर अधिकारीले यस्ता अराजक कुरालाई कसैले पनि प्रश्रय दिन नहुने बताए । राष्ट्र बैंक यो विषयमा शतर्क र सजग रहेको भन्दै उनले यस्ता चुनौतिहरुले समग्र बैंकिङ प्रणाली,अर्थतन्त्रमा ठूलो असन्तुलन र व्यथिति ल्याउने बताए।

उनले ऋण लिएर तिर्नुपर्दैन भनेर कहीँ कतै विकसित भयो भने बैंकिङ प्रणाली र अर्थतन्त्र कहाँ जान्छ ? भन्दै प्रश्न समेत गरे । राष्ट्र बैंक यो विषयमा सचेत र शतर्क रहेको र यस्ता अभियान र संर्घष लामो समय नटिक्ने उनको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘पछिल्लो समय बैंकहरुमा धेरै चुनौतीहरु छन् । समग्र वित्तीय प्रणालीमा नयाँ किसिमका चुनौतिहरु देखिएका छन् । बैंकहरुबाट ऋण लिने तर त्यो ऋण तिर्नुको सट्टा सडकमा उफ्रिएर नतिर्ने भनि सङ्गठन गरी संगठित रुपमा बैंकबाट लिएको ऋण तिर्नुपदैन भन्ने खालका कुराहरु बजारमा आउन थालेका छन् । जुन कुरा एउटा अराजकताको पनि अत्यन्तै माथिल्लो रुप हो । बैंकको ऋण भनेको सार्वजनिक सम्पती हो । सर्वसाधरणको निक्षेप हो । त्यो फाइक्रोफाइनान्स वा वाणिज्य बैंकको होस् । वाणिज्य बैंकहरुको अधिकांश कर्जा सर्वसाधरणको निक्षेप हो । समग्र वित्तीय क्षेत्रको विश्वानियता तथा वित्तीय स्थायीत्वको विषयसँग जोडिएको विषय छ । हामीले हल्लाका रुपले हेर्न मिल्दैन । महिले कुनै बैंकबाट ऋण लिन्छु । म ऋण वा ऋणको ब्याज तिर्दिन भनेर उभिन मिल्छ रु ऋण स्वीकार गरेर लिएको हो । यस्ता अराजक कुराहरुलाई कसैले पनि प्रश्रय दिनु हुँदैन । यस्ता कुरा वित्तीय अपराध हो ।’

त्यस्तै गभर्नर अधिकारीले बैंकहरुलाई अहिलको आधुनिक युक्त उपभोक्ताहरुको आवश्यकता पूर्ति गर्नुपर्ने चुनौति रहेको बताउनु भयो । उहाँले २०४५ सालमा सिमित बैंक हुँदा चेक साट्न जाँदा पासबुक बोकेर जानुपर्ने अवस्थाबाट अहिले डिटिल आधुनिक प्रविधिमा आइपुगेको बताउनु भयो । उहाँले बैंकहरुले अहिलेको आधुनिक प्रविधिमा कहाँ छन् आफैले मूल्याङकन गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले पछिल्लो समय क्युआरबाट मात्रै ५१ लाख कारोबारमा १९ अर्बको कारोबार हुने गरेको बताउनु भयो । गभर्नर अधिकारीले २५ अर्बको कारोबार क्नेटआइपीएसबाट मात्रै भइरहेको बताउनु भयो ।

उहाँले कृषि विकास बैंक कृषि वित्तीय क्षेत्रमा नयाँ ढङगले जानुपर्ने बताउनु भयो । उहाँले कृषि क्षेत्रमा पनि आधुनिकीकरण हुँदै गएकाले त्यही अनुसारको वित्तीय कारोबारको आवश्यकता भएको बताउनु भयो । उहाँले कृषि क्षेत्रको विकासको लागि कृषि विकास बैंकले नेतृत्व लिनुपर्ने आवश्यकता रहेको बताउनु भयो । –NAN

कमेन्ट गर्नुहोस्